अन्तर्राष्ट्रिय शान्ति युवा गैरसरकारी संस्थाद्वारा काठमाडौंका ८ विद्यालयहरुसँग सहकार्य गर्दै कार्यक्रम सम्पन्न

  • 1
    Share
अन्तर्राष्ट्रिय शान्ति युवा गैरसरकारी संस्थाद्वारा काठमाडौंका ८ विद्यालयहरुसँग सहकार्य गर्दै कार्यक्रम सम्पन्न

काठमाडौँ।अन्तर्राष्ट्रिय शान्ति युवा समूह(IPYG) ले अन्तर्राष्ट्रिय युवा समाज (IYS) को सहकार्यमा “हामी शान्ती ल्याउन सक्दछौं” शिर्षक भएको कार्यक्रम आयोजना गर्‍यो। २७ फेब्रुअरी देखि २० मार्च २०२१ सम्म भएको कार्यक्रममा काठमाडौंका ८ विद्यालयहरूका जम्मा ४३ जना विद्यार्थीहरुले भाग लिएका थिए। सो प्रतियोगिताको उद्देश्य जीवनशक्ति हासिल गर्ने चाहना जगाउनु, शान्तिको विश्व प्राप्त गर्ने आशाको साथ संकटबाट उम्कन र भविष्यको नेतृत्व गर्ने नेपाली युवाहरू बीच शान्तिको चाहनालाई एकजुट पार्नु थियो

उक्त प्रतियोगितामा गीत लेखन, निबन्ध लेखन, रेखाचित्र र कविता लेखन गतिविधि समावेश थियो । विद्यार्थीहरूको कार्यले शान्तिमय संसारमा बाँच्ने उनीहरूको इच्छुकतालाइ चित्रित गर्यो । मार्च २० मा भएको ओन्लाइन समारोहमा बिजेताहरु पुरस्कृत गरिएको थियो।

आईपीवाईजीका संयोजक, किम मियांग येओनले आफ्ना विद्यार्थीहरूलाई प्रोत्साहित गर्न पुरस्कार समारोहमा भाग लिने शिक्षकहरूको समीक्षा बाँडनु भयो । उनले भनिन्, “शिक्षकहरूले नेपालका धेरै विद्यालयहरूमा बिभिन्न शान्ति कार्यक्रमहरू संचालन गर्न शिक्षकहरुले अनुरोध गरेका छन्” । मलाई विश्वास छ कि शान्तिका लागि यस्ता कार्यक्रमहरुले विद्यार्थीहरूलाई शान्तिमय भविष्य सिर्जना गर्न उनीहरूको विचार र अन्तर्दृष्टि उजागर गर्न सहायता गर्छ ।

कार्यक्रमको मुख्य वक्ताका रूपमा, ट्र्याक नेपाल अनलाइन मीडियाका अध्यक्ष पिया रत्न महर्जनले भन्नुभयो, “सक्रिय सहभागिता प्रतिस्पर्धा जित्ने भन्दा बढी महत्त्वपूर्ण छ। यो कार्यक्रम बच्चाहरूका लागि अरूसँग उनीहरूको सम्बन्ध बनाउन र उनीहरूको बिचमा शान्ति र सद्भाव कायम गराउने मश्तिश्क सिर्जना गर्न सहयोगी भएको छ ।

आईपीवाईजीले १११ देशका ८५१ संस्थाहरूसहित विश्वभर युवाहरूको शान्ती नेटवर्क निर्माण गरेर युवाहरूलाई युद्धको जोखिमबाट जोगाउन सक्षम बनाउने काम गरिरहेको छ। यसले संयुक्त राष्ट्र एसडीजी र युवा २०३० मा प्रस्ताव गरिएको युवा सशक्तीकरण प्राप्त गर्न हालसालै युवा सशक्तिकरण शान्ति कार्यशाला (YEPW) सञ्चालन गरेको छ।