फाइजरले विकास गरेको कोरोना विरुद्धको खोप किशोरकिशोरीमा प्रभावकारी

फाइजरले विकास गरेको कोरोना विरुद्धको खोप किशोरकिशोरीमा प्रभावकारी

काठमाडौँ, २२ चैत।अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले आफूले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप किशोर किशोरीमा निकै प्रभावकारी देखिएको दावी गरेको छ ।

हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदन अनुसार कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकले विकास गरेको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा अति प्रभावकारी देखिएको हो । खोपले सो उमेर समूहका किशोर किशोरीलाई संक्रमणबाट शतप्रतिशत जोगाउने देखिएको फाइजर–बायोएनटेकले जनाएको छ । गएको बुधबार फाइजर र बायोएनटेकले अध्ययनको संक्षिप्त विवरणसहित वक्तव्य जारी गरेका थिए ।

किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको अध्ययनबाट खोप सुरक्षित प्रभावकारी देखिएको वक्तव्यमा उल्लेख छ ।