गोरखामा डढेलो निभाउन गएका वृद्धको जलेर मृत्यु

  • 23
    Shares
गोरखामा डढेलो निभाउन गएका वृद्धको जलेर मृत्यु

गोरखा, १२ चैत।आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ । सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा गए राति स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

दिउँसोदेखि नै सल्किएको डढेलोले जङ्गल छेउमा रहेको विद्युत्को फ्युज बक्समा आगलागी भएर आगो लागेपछि अन्य राति स्थानीयवासीसँगै आगो निभाउन जानुभएका मगरको जलेर मृत्यु भएको दाहालले बताउनुभयो । अन्दाजी १३÷१४ वर्षका अन्य चार÷पाँच जना स्थानीय बालबालिकासँगै मृतक मगर राति डढेलो निभाउन जानुभएको थियो ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सन्तबहादुर लामाको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र पठाइएको उहाँले जानकारी दिनुभयो ।रासस