काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपक जोशीले कायम मुकायम प्रधानन्यायाधीशको रुपमा बिहीबारका लागि विभन्न मुद्दाको पेशी तोकेका छन् ।
सर्वोच्च अदालतले जोशीलाई कायम मुकायमको रुपमा जिम्मेवारी दिएसँगै उनले पेशी तोकेका हुन् ।
जोशीले आफ्ना एकल इजलाससँगै गोपाल पराजुली बाहेक सर्वोच्चमा रहेका सबै न्यायाधीश रहेको इजलास तोकेका हुन् ।
न्याय परिषदले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी बुधबार गराएपछि वरिष्ठतम न्यायाधीश जोशीले बिहीबारका लागि पेशी तोकेका हुन् ।
उनले बिहीबारका लागि अनिलकुमार सिन्हा र तेजबहादुर केसी, केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारी, हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराई, दीपककुमार कार्की र बमकुमार श्रेष्ठ, मीरा खड्का र प्रकाशमान सिंह राउत, सारदाप्रसाद घिमिरे र सपना प्रधान मल्ल, ओमप्रकाश मिश्र र टंकबहादुर मोक्तान, चोलेन्द्र शम्शेर जबरा र डम्बरबहादुर शाही तथा विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको पेशी तोकेका हुन् ।
न्याय परिषदले बुधबार प्रधानन्यायाधीश पराजुली पदमा नरहेको जानकारीसहितको पत्र बुझाएको थियो । तर पराजुलीले भने परिषदको निर्णय अस्वीकार गरेका छन् ।– देश सञ्चारबाट