राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुँदै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा । तस्बिर-रासस
काठमाडौं- नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिनु भएकाे छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रधानन्यायाधीशसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बहालवाला मन्त्रीहरू, पूर्वमन्त्रीहरु,प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष, सासदहरु, कुटनीतिक निकायका प्रमुखहरु, संवैधानिक निकायका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्याे ।