माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । हिजो बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।

आज बस्ने केन्द्रीय कमिटीको बैठकले यस विषयमा निर्णय गर्न सक्ने बताइएको छ । यस्तै हिजोको बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ । हिजोको बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका माओवादी केन्द्रका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि निर्देशन दिएको थियो ।