सरकारमा जान हत्तार छैन : सभापति देउवा

सरकारमा जान हत्तार छैन : सभापति देउवा

काठमाडौं, २९ फागुन ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारमा जान हत्तार नगर्ने बताउनुभएको छ । कांग्रेस महिला बिभागले आयोजना गरेको महिला भेलामा सभापति देउवाले जनताले प्रतिपक्षीमा बस्ने म्याण्डेड दिएकाले सरकारमा जान हतार नगर्ने बताउनुभएको हो ।

देउवाले अहिले लोकतन्त्रलाई बचाउनका लागि अन्य दलहरुसंग छलफल भइरहेको उल्लेख गर्नुभयो । उहाले संसदमा आफुको संख्या कम भएकै कारण आफुहरुको एजेण्डा स्थापीत हुन नसकेको बताउनुभयो । देउवाले स्थायी प्रजातन्त्र स्थापीत गर्नका लागि सवै दलहरु एक भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । मुलुकमा प्रजातन्त्रलाई कमजोर हुन नदिन नै कांग्रेसको ध्यान केन्द्रीत रहेको उहाको भनाई छ ।

देउवाले नेपालको परिवर्तनमा महिलाहरुको सहभागीता निकै महत्वपूर्ण रहेको भन्दै कांग्रेसले महिलाका अधिकारको मुद्धाका लागि सदैव लड्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले मुलुकमा लोकतन्त्र जोगाउन र मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने बेला आएको धारणा राखेका थिए ।