मकवानपुरको सुनाचुरीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

मकवानपुरको सुनाचुरीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौँ, २९फागुन ।मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा बस र ट्रक एकआपसमा जुध्दा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एकआपसमा ठोकिँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तर्ग हेटौंडा–चितवन सडक खण्डमा बिहान ३ बजेतिर बस र ट्रक एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा बसमा यात्रा गरिरहेका ७ र ट्रकमा सवार चालकसहित ३ जना गरी १० जना घाइते भएको र उनीहरुको भरतपुर चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँको भनाइ छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।