सरकार ढाल्ने गम्भीर प्रयास हुदै छ- प्रधानमन्त्री ओली

सरकार ढाल्ने गम्भीर प्रयास हुदै छ- प्रधानमन्त्री ओली

काठमाडौँ, २१ फागुन।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि कसैलाई पनि अनुचित ढंगले नराख्ने बताएका छन् ।

सरकार र विप्लव समुहबीच भएको तीन बुँदे सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले सरकार ढाल्ने गम्भीर प्रयास भएको भन्दै लोकतन्त्रको हुर्मत लिने प्रयास भएको बताए ।यसका साथै प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण भएको बताएका छन्। उनले भने, ‘देश विकासका लागि शान्तिपूर्ण वातावरण चाहिन्छ। त्यही वातावरण सिर्जना गर्ने क्रममा आज त्यो ऐतिहासिक काम गएको छ। नेपाल शान्तिपूर्ण देश भएको छ। अब नेपालमा हिंसाको बाटोमा कोही छैन।’

प्रधानमन्त्री ओलीले यसअघि आफुलाई हटाउदा पनि आफुले निर्वाचन जितेर आउने बताएको स्मरण गर्दै यस पटक हटाएपनि चुनाव जितेर फेरी सरकारमा आउने बताए ।