कोरोना अपडेटः थप ७३ जनामा कोरोना पुष्टि

  • 12
    Shares
कोरोना अपडेटः थप ७३ जनामा कोरोना पुष्टि

काठमाडौँ, १७ फागुन।नेपालमा थप ७३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या कुल २ लाख ७४ हजार २१६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९६८ रहेको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ४९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ६५ हजार ९८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७० हजार ४७१ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २७७७ पुगेको छ ।