लुकि लुकि मायाले बाेलकाे गीत ल्याए गायक कृष्ण पाैडेलले

लुकि लुकि मायाले बाेलकाे गीत ल्याए गायक कृष्ण पाैडेलले

काठमाडौं । गायक कृष्ण पाैडेलले नयाँ गीत लुकी लुकी मायाले सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीकाे साथमा नयाँ लाेकगीत सार्वजनिक गरेका हुन् । गीतकाे शब्द र संगीत गायक पाैडेलकाे आफ्नै रहेकाे छ ।

पछिल्लाे समय समाजमा भएकाे माया प्रेमकाे भावनालाई समेटेर लुकि लुकि मायाले बाेलकाे गीत तयार गरिएकाे गायक पाैडल बताउछन् । यसअघि कसैकाे पीडा र वास्तविकता समेटेर गीत तयार गर्ने पाैडेलले यसपटक मायाप्रेमलाई समेटेर गीत तयार गरेका हुन् ।

“लुकि लुकि मायाले बाेलकाे गीत जिन्दगीकाे वास्तविकता आभास गराउने खालकाे छ” उनले भने “माया भन्ने भावनालाई कसैले राेक्न नसक्ने र छेकेर नछेकिने भावना हाे भन्ने कुरा गीतमा रहेकाे छ ।”
पाेखराकाे पृथ्वीनारायण क्याम्पस पढ्दादेखि नै गीतसंगीतमा सक्रिय गायक पाैडेल विदेशमा वसेर पनि नेपाली गीतसंगीतमा अभिरूचि राख्ने गर्दछन् । ” नेपाली संगीत सधै सुख दु:खकाे साथी हाे, त्यसैले अनेक आराेह अवराेह आए पनि मैले सहजरूपमा ग्रहण गरेकाे छु” गायक पाैडेलले भने ” त्यसैले म प्रवासमा भएपनि नेपाली गीतसंगीतबाट टाढा हुन सकिरहेकाे छैन ।”

विनाेद बजुरालीकाे संगीत संयाेजन रहेकाे गीतकाे म्युजिक भिडियाेकाे निर्देशन हाेम गुरूङले गरेका छन् । सविन गुरूङकाे काेरियाेग्राफि रहेकाे भिडियाेमा लाेमश शर्मा र अमृता सापकाेटाकाे अभिनय रहेकाे छ ।

म्युजिक भिडियाेकाे छायाङन गणेश सापकाेटाकाे रहेकाे छ भने दृश्य सम्पादन सुवास अमगाईले गरेका छन् । फलानाे क्रियसन, पाेखराकाे पाेष्ट प्राेडक्सनमा बनेकाे म्युजिक भिडियाे तयार भएकाे हाे । कतारलाई कर्मभुमि बनाउदै आएका गायक पाैडेलले लाेकसंगीतलाई निरन्तरता दिदै तेस्राे गीत बजारमा ल्याएका हुन् । उनले यसअघि नयाँ दिल्ली बाेलकाे गीतले परदेशी नेपालीहरूकाे मन जितेकाे थियाे ।