समारिका र स्मारिकासँग पुष्प र सुधिरको नृत्य (भिडियो)

समारिका र स्मारिकासँग पुष्प र सुधिरको नृत्य (भिडियो)

‘सेभेन ११ म्युजिक फ्याक्ट्री’ले निर्माण गरेको म्युजिक भिडियो ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक भएको गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । कृष्ण केसीले लेखेको यो गीतमा ध्रुवले नै संगीत दिएका छन् ।

गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका र स्मारिका ढकालले नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्कीको पनि अतिथि भूमिका रहेको छ ।

लोक लयमा तयार भएको भिडियोलाई ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ । माइकल चन्दको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलर गरेका छन् । भिडियोलाई सेभेन ११ म्युजिक फ्याक्ट्रीका तर्फबाट अनिल जोशी, अमृत सुवेदी र नवराज शर्माले निर्माण गरेका हुन् ।

भिडियो