दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूत नियुक्त

  • 5
    Shares
दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूत नियुक्त

काठमाडौँ, ११ फागुन।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकारको सिफारिशमा आज डा विश्वकर्मा नियुक्त हुनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाउनभुएको छ ।