कोरोना अपडेट : थप ११० जनामा कोरोना पुष्टि

  • 15
    Shares
कोरोना अपडेट : थप ११० जनामा कोरोना पुष्टि

काठमाडौँ, ११ फागुन।नेपालमा मंगलबार थप ११० जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा दुई हजार ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा थप १०२ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल १५ सय ३३ जना आइशोलेशनमा छन् भने ६५ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४६ हजार ५३३ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।