प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

विराटनगर,९ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधनविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ ।

प्रदेश सभाको आइतबार बसेको बैठकमा प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले लक्ष्मण तिवारीको समर्थनमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।अविश्वासको प्रस्ताव पेश भएसँगै आजको प्रदेश सभा बैठक फागुन २० गतेसम्म लागि स्थगित भएको छ ।

राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।