ढोरेली समाजको रक्तदान एवं मृगौला परीक्षण कार्यक्रम सम्पन्न

  • 29
    Shares
ढोरेली समाजको रक्तदान एवं मृगौला परीक्षण कार्यक्रम सम्पन्न

काठमाडाैं, ९ फागुन । ढोरेली सेवा समाज, काठमाडौंले काठमाडौं बनस्थलीमा २०४६ सालको जनआन्दोलनका शहिद कृष्णप्रसाद पौडेलको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा ६० जनाले रक्तदान गर्नुभएको थियो भने सोहि कार्यक्रममा राष्ट्रिय मृगौला परीक्षण केन्द्रको प्राविधिक सहयोगमा करिव १ सय जनाले नि:शुल्क मृगौला परीक्षणको समेत लाभ लिनु भएको थियो ।

उक्त कार्यक्रम सम्पन्न गर्न विभिन्न सहयोग दाताहरुबाट ३९ हजार रुपैया सहयोग जुटेको थियो । तनहुँ जिल्लाको ढोर क्षेत्रबाट काठमाडौं आएर स्थाई अस्थाई रुपले विभिन्न पेशा व्यवसायमा संलग्न रहँदै आएको ढोरेलीहरुको एक साझा संस्थाको रुपमा २०४६ सालमा औपचारिक रुपले स्थापित यस सामजिक संस्था ढोरेली सेवा समाजले आफ्नो स्थापनाकाल देखि नै स्वास्थ, शिक्षा, वातावरण संरक्षण, सास्कृतिक, पर्यटन, सामाजिक विपत्ती एवं अन्य विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय सहभागिता जनाउँदै आएको छ । हाल यस संस्थामा करिव दुई सय जना आजिवन सदस्यहरु रहेका छन् ।