यस्ताे प्रकोपबाट जोगिने केही उपायहरु हेर्नुहोस्

यस्ताे प्रकोपबाट जोगिने केही उपायहरु हेर्नुहोस्

 

यस युतिको प्रकोपबाट जोगिने केही उपायको वर्णन  यस प्रकार छ । पहिलो कुरा राशिको यो प्रभाव आम रूपमा वर्णन गरिएको हो । तपाईंले आफ्नो कुण्डलीसमेत देखाएर कुण्डलीमा समेत अशुभ ग्रहको प्रभाव छ भने उक्त ग्रहको स्वस्तिशान्तिका साथमा तलको उपाय अवलम्बन गर्नु राम्रो हुन्छ ।

 

 

-सहप्राध्यापक, कृष्णप्रसाद कोइराला-

 

१) तपाईंको मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मीन राशि हो भने तपाईंले भगवान् गणेश, हनुमान जी वा माता दुर्गाको उपासना गर्नु, मन्त्रजाप गर्नु वा यन्त्र धारण गर्नु उपयुक्त हुन्छ । त्यसबाहेक तपाईं घरैमा हुनुहुन्छ भने योग्य ब्राह्मणको सहयोग लिई आगामी चैत्र शुक्लपक्षको दुर्गापक्षमा नौ आवृत्ति दुर्गासप्तशती चण्डीको पाठ गराई चलिरहेका महादशा र योगिनी दशाको स्वस्तिशान्ति गर्नु राम्रो हुन्छ ।

२) तपाईंको बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ राशि हो भने तपाईंले आशुतोष भगवान् शिवको उपासना गर्नु जायज हुन्छ । त्यसैले तपाईंले घरमा रूद्राभिषेक (रूद्री पूजा) को आयोजना गरी शिववास जुरेको कुनै दिन ग्रहशान्ति गर्नु बुद्धिमानी हुनेछ ।

३) पूजाआजा गर्ने परिस्थिति छैन भने निम्न उपाय सबै वा यथाशाक्ति र इच्छानुसार प्रयोग गर्नु राम्रो हुनेछ ।

क – हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रूखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रूखको फेदमा शुद्ध जल चढाउनु पर्दछ ।

ख –कुनै देवालयमा गई कम्तीमा दस जना भिखारी वा मगन्तेलाई पेटभरि भोजन गराउनु पर्छ ।

ग – दिनैपिच्छे शिव स्तोत्र व शनि स्तोत्रको पाठ गर्नु पर्छ । हनुमान् जीको उपासनाबाट पनि लाभ लिन सकिन्छ ।

घ – दिनैपिच्छे चराचुरूङ्गी वा माछालाई खानेकुरा प्रदान गर्नुपर्दछ र शनिबार मांसाहार गर्नुहुँदैन ।

ङ – प्रत्येक शनिबारका दिन कुनै नीच जाति वा जोगीलाई तोरी वा सर्स्युंको तेल दान गर्नुपर्दछ ।

च – शनिवारका दिन कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नुपर्दछ वा खान दिनुपर्छ ।

छ — कुनै देवालय वा तीर्थस्थलमा पुगेको वेला बाँदरलाई चना र गुड खुवाउनु पर्दछ ।

ज – हरेक मङ्गलवारका दिन गणेश वा हनुमानको मन्दिरमा गई मूर्तिको पाउमा रहेको सिन्दूरको टीका लगाउने बानीको विकास गर्नुपर्छ ।

झ – रातो कपडामा दुई मुठी मुसुरोको दाल बाँधेर सिधा र दक्षिणाका साथमा हरेक मङ्गलबारका दिन भिखारीलाई दान गर्दा पनि मङ्गल ग्रह प्रसन्न हुन्छन् ।

-ज्याेतिष साथीबाट