रेश्मासँग सुरजको गल्ती नगर्ने बाचा (भिडियो)

  • 11
    Shares
रेश्मासँग सुरजको गल्ती नगर्ने बाचा (भिडियो)

गायक बिक्रम बराल र गायिका सज्जा चौलागाईंको आवाजमा रहेको नयाँ गीत ‘गल्ती २’ सार्वजनिक भएको छ । प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ।

गीतमा विशाल पौडेलको संगीत संयोजन, प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।