सत्यराजको गायन, निर्देशन र अभिनयमा ‘भरोषाको दियो’

  • 2
    Shares
सत्यराजको गायन, निर्देशन र अभिनयमा ‘भरोषाको दियो’

काठमाडाैं । गायक सत्यराज आचार्यको आवाजमा रहेको नयाँ गीत ‘भरोषाको दियो’को भिडियो सार्वजनिक भएको छ । हरिहर निरौलाको प्रस्तुतीमा रहेको यस गीतमा निरौलाकै लेखन समेत रहेको छ ।

विशाल ढकालले संगीत दिएको यस गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् । यो गीतको भिडियो गायक स्वयंले निर्देशन गरेका छन् भने उनकी पत्नी अनिता थापा आचार्यले उनलाई निर्देशनमा सहयोग गरेकी छन् । सत्यकै अभिनय समेत देख्न पाईने भिडियोमा स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीले अभिनय गरेका छन् । हरि हुमागाईंको छायांकन तथा विकास धमलाको सम्पादन रहेको छ ।