काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना मध्ये ५० भन्दा बढीको मृत्यु भएको विमानस्थलका अधिकारीले अाशंका गरेका छन् ।
‘दुर्घटनामा पचास भन्दा बढी यात्रुकाे मृत्यु भएको अाशंका छ ।’ त्रिभूवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘यकिन विवरण संकलन गरिरहेका छौ । शव निकाल्ने काम पनि जारी छ ।’
१४ जना घाइतेलाई उद्दार गरी एम्बुलेन्समार्फत सिभिल अस्पताल र केमएसी अस्पताल पुर्याइएको छ । अझै थप घाइतेको उद्दार कार्य जारी छ।
बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको पेप्सीकोलाका स्थानीयले बताएका छन्। दमकलको सहायताले जहाजको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
जहाजमा लागेको आगोले विमानस्थलकाे घाँस भएको क्षेत्रमा पनि अागो लागेको छ । विमानस्थलको घस्यान क्षेत्रमा डढेलो लागेको छ । नागरिक न्यूजबाट