क्रिकेट: ओमान र अमेरिकासँगको सिरिजका लागि ३२ खेलाडी छनोट

क्रिकेट: ओमान र अमेरिकासँगको सिरिजका लागि ३२ खेलाडी छनोट

काठमाडौं, २३ माघ । नेपाल क्रिकेट संघ क्यानले मार्चमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

नयाँ प्रशिक्षक डेभ वाटमोर र खेलाडी छनोट समितीको समन्वयमा क्यानले पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्याम्पमा विवेक यादव, अनुज चनारा, खड्ग बहादुर बोहोरा अर्जुन कुमाल पहिलो पटक परेका छन् ।

यस्तै रामनरेश गिरी, पृथु बास्कोटा, कृष्ण कार्की, सौरभ खनालले लामो समयपछि क्याम्पमा स्थान बनाएका छन् । नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज मार्चमा ओमानमा हुँदैछ ।