पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २३ माघ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज र भोलि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश–१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।

यस्तै देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यो क्रम भोलीसम्म नै कायम रहने छ । आईतबारबाट मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।