महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबकाे फराकिलो जित

महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबकाे फराकिलो जित

काठमाडौं, २१ माघ ।राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरिन् । सपना लामाले दुई गोल गरिन् । यस्तै कप्तान अन्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले एक एक गोल गरे ।

जितसंगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ ।चौदण्डीको यो लगातार छैटौं हार हो ।