ट्राफिक जरिवाना बुझाउन बैंकमा घण्टौं लाइन बस्ने दिन गए, आजदेखि अनलाईनबाटै भुक्तानी

ट्राफिक जरिवाना बुझाउन बैंकमा घण्टौं लाइन बस्ने दिन गए, आजदेखि अनलाईनबाटै भुक्तानी

काठमाडौं, २१ माघ । आजबाट अनलाइन प्रणालीबाटै ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको हो।

यो अनलाइन सेवाको आजै औपचारिक उद्घाटन हुँदै छ । टीभीआरएस (ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम) मार्फत आजदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने महाशाखाले जनाएको छ ।

सवारी चालकलाई सहज होस् भन्ने उद्देश्यले अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महाशाखाले जनाएको छ । यसअघि जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता थियो । जसको कारण चालकले धेरै समय र झन्झट भोग्नु पर्थ्यो ।