यूएस बंगलाको विमान दुर्घटना : विमानस्थल पूर्ण रुपमा बन्द

यूएस बंगलाको विमान दुर्घटना : विमानस्थल पूर्ण रुपमा बन्द

काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएकाे छ । बंगलादेशको राजधानी ढाकाबाट ७८ यात्रुसहित आएको विमान कम्पनीको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएर पुर्णरुपमा जलेको छ ।

दिउँसो सवा २ बजे अवतरणका क्रममा धावनमार्ग भन्दा केही बाहिर पुगेर दुर्घटनाग्रस्त हुँदा आगलागी भएको हो ।

अहिले विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । अहिले उडान र अवतरण सबै उडानहरु रोकिएका छन् ।

त्रिभुवन विमानस्थलका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान तथा अवतरण रोकिएका छन्।

विमानस्थलमा अवतरणका लागि बाहिरबाट आएका सबै विमानहरुलाई डाइभर्ट गरिएको छ।