डा. शिबको शब्द, संगीतमा ‘अभागी त म हुँ’को भिडियो रिलीज

डा. शिबको शब्द, संगीतमा ‘अभागी त म हुँ’को भिडियो रिलीज

काठमाण्डौ,२०माघ ।कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा रहेक लोक दोहोरी गीत ‘अभागी त म हुँ’को भिडियो सार्वजनिक भएको छ । हालै सार्वजनिक भिडियोमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङको अभिनय रहेको छ।

डा . शिव सुबेदीको शब्द तथा संगीतमा तयार पारिएको यस गीतको भिडियोका निर्देशक बिनोद भण्डारी हुन् । गीतमा मायालुलाई बाध्यताले छोड्नुपरेको भावलाई समेटिएको छ ।

एकअर्काबिच माया हुँदाहुँदै पनि बाध्यताले छुट्टिन परेको कथालाई सेञ्चुरी र गुरुङले अभिनय मार्फत उतारेका हुन् । पछिल्लो समय गीत लेखन र संगीतमा सर्जक डा. सुबेदी लोकप्रिय छन्। २०६५ सालमा ‘घामजस्तो चम्किलो जुन हुदैन’ पछिका उनका गीत प्रायः लोकप्रिय बनेका छन् ।

शिब सुबेदी नामक युट्युब च्यानलबाट आएको यस गीतलाई गुल्मी जन्मेर लामो समयदेखि फिनल्याण्डमा बसिरहेका नबिन रुक्मिणी भट्टराईले प्रस्तुत गरेका छन् । नबिन आफैमा पनि गायक हुन् । उनका ‘तिम्रै झल्को दियो’, ‘आमा’, ‘नसोध कसैले’ लगायतका गीत बजारमा आइसकेका छन्।