यही हो संसदीय व्यवस्था ? : कांग्रेस नेतृ पुष्पा भुषाल

यही हो संसदीय व्यवस्था ? : कांग्रेस नेतृ पुष्पा भुषाल

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालले सरकारको कामबाट संसदीय व्यवस्था र स्वतन्त्र न्यायपालिका बिषयमा गम्भिर प्रश्न उठेको बताएकी छन् । उनले संसदमा बोल्दै लामो समयपछि संसदीय व्यवस्थालाई कमजोर बनाउनका लागि संसद भन्दा बाहिरबाट प्रधानमन्त्रीको चयन गरेको बताइन ।

उनले भनिन्–‘हामीले लामो समयको संघर्ष गरेर संसदीय व्यवस्था ल्यायौ । तर संसदलाई छलेर प्रधानमन्त्रीको नियुक्त गरियो । संसदले प्रधानमन्त्रीलाई देख्न र सुन्न पाएन । १७ दिन पर्खेको भए संसदबाटै प्रधानमन्त्री चयन हुँन्थ्यो । तर किन पर्खिएन । कतै संसदीय व्यवस्थालाई कमजोर बनाउने सुरुवात त होइन । प्रतिपक्षलाई शंका लागेको छ ।’ नेतृ भुषालले संविधान जारी भएपछिको पहिलो संसदले प्रधानमन्त्री नियुक्त गर्न पाउनु पर्दथ्यो । तर आफुहरुले प्रधानमन्त्री देख्न र सुन्न नपाएको स्पष्ट पारिन् ।

संसदीय व्यवस्था र लोकतन्त्रको आधार भनेको स्वतन्त्र न्यायपालिका भएको भन्दै नेतृ भुषालले अघिल्लो सरकारले यही संविधानका आधार नियुक्त भएका तीन जना राष्ट्रियसभाका सांसद कहाँ गए भनि प्रश्न गरिन् । उनले भनिन्–‘किन न्याय पालिकालाई दबाबमा राख्नका लागि मन्त्री पदको शपथ खुवाइयो ।’