कोभिड महामारीमा सहयोगीनगरमा कुकुर विरालाको उद्धार

कोभिड महामारीमा सहयोगीनगरमा कुकुर विरालाको उद्धार

काठमाडौं । काठमाडौ कोटेश्वर सहयोगीनगर–३२ स्थित विकासका लागि श्रृंखला समाज टोल सुधार समितिद्वारा टोलमा आश्रय लिईरहेका कुकुर विरालाको उध्दार गरिएको छ ।

यसै क्रममा विगत १५ वर्षयता यसै टोलमा आश्रय लिई सुरक्षा सेवा पुराईरहेका गाडीको ठक्करबाट घाईते भई थला परेका शेरु नामक कुकुर कुकुरलाई अस्पताल लगिएकोमा बचाउन नसकेपछि अन्त्येष्ठि गरिएको जानकारी श्रृंखला समाजका अध्यक्ष रत्न खनालले दिनुभएको छ ।

यसअघि स्थानीय समाजसेवीहरु डा प्रनील उपाध्याय,दिनेश त्रिपाठी ,टेकराज पोख्रेल ,शैलेन्द्र थापा, कुमार केसि, शशिदेवी उपाध्याय , राजू खड्का लगायतले कुकुरको रेखदेख तथा सेवा सुश्रुषा गर्नुभएको थियो । यसैगरि यसै टोलमा केही दिनअघि घरको छतबाट लडि घाईते सुरी नामक विरालोलाई उध्दार गरी अस्पताल पु¥याईएकोमा उपचारका क्रममा निधन भएको थियो । यस टोलमा आश्रय लिएका कुकुर विराला लगायतका जनावरको सेवा सुश्रुषा र उपचारमा स्थानीय युवा क्लवकी प्रशंसा नेपाल (उपाध्याय)ले समन्वयात्मक भूमिका निर्वाह गरेको जानकारी समितिका सल्लाहकार मुकुन्द अर्यालले दिनुभएको छ ।

यसैवीच यसै टोलको छिमेकमा एक कुकुरले ३ सन्तान जन्माएपछि सुत्केरी कुकुरको निम्ति स्थानीय समाजसेवी गोपाल आचार्यले कुकुरको लागि अस्थायी घर निर्माण गरिदिनुभएको छ । उक्त कुकुर र यिनले जन्माएका सन्तानलाई कमानसिंह सांवद लगायतका स्थानीय व्यक्तिहरुद्वारा आहार व्यवस्थापन गरिंदै आएको छ ।