भक्तपुरका चोकचोकमा माटाका पुराना भाँडाहरु फुटाइयो (फाेटाेमा हेर्नुस्)

  • 36
    Shares
भक्तपुरका चोकचोकमा माटाका पुराना भाँडाहरु फुटाइयो (फाेटाेमा हेर्नुस्)

भक्तपुर, १५ माघ । भक्तपुरका चोकचोकमा माटाका पुराना भाँडाहरु फुटाएर बिहीबार छ्याला पुन्ही (पूर्णिमा) मनाइएको छ । पर्वमा नगरभरी स्थानीयले बिभिन्न चोकहरुमा माटाका भाडाहरु फुटाइएका थिए । चोकचोकमा स्थानीयवासीले पुराना माटाका भाडाहरु फाल्न लगेका थिए ।

फोटोः राष्ट्रवाणी डट कम

यो पर्व प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइन्छ । यस दिन स्थानीयले नजिकको चोकमा घरमा भएका पुराना काम नलाग्ने चर्किएका माटाका भाडा फुटाल्ने चलन छ । स्थानीकाअनुसार छ्याला पुन्हीको दिन कुनै पनि घरमा भोजको कुनै पनि परिकार पाक्दैन ।

फोटोः राष्ट्रवाणी डट कम

नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा अनुसार भाडा फुटाउने गरिएको स्थानीयको भनाई छ ।

फोटोः राष्ट्रवाणी डट कम

आफुहरुले घरसुद्धिका लागि भाडा फुटाउने गरिएको उनीहरुको भनाई छ । स्थानीयका अनुसार पुराना कामै नलाग्ने भाडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वासका साथ वर्षमा एकपटक छ्याला पुन्हीका दिन भाडा चोकमा फालिन्छ ।

फोटोः राष्ट्रवाणी डट कम
फोटोः राष्ट्रवाणी डट कम
फोटोः राष्ट्रवाणी डट कम