काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले सम्माननिय केपी ओली अहिले एमालेको अध्यक्ष होइन, अहिले मुलुकको प्रधानमन्त्री हो, ने पायो त्यो बोल्दै हिड्नबाट रोक्नका लागि कांग्रेस प्रतिपक्षमा बसेको बताएका छन् ।
संसदको बैठकमा बोल्दै थापाले भने– म निर्वाचन लड्दै गर्दा नेकपा एमालेको अध्यक्षले यो केटो सेलिब्रेटी, हो फोटो खिचाउन काम लाग्छ, शुद्ध कम्युनिष्ट विप्लबले बम पड्काउनुभयो । एमालेको अध्यक्षले कांग्रेस आफैले पड्काएको भन्नुभयो रे । अब सम्मननिय केपी ओली मुलुको प्रधानमन्त्री हो । त्यसरी जे पायो त्याही बोल्दै नहिड्नुस, संसदले तपाईले बोलेको हरेक शब्दको नेता गगन थापाले ओली सरकारको दिनगन्ती सुरु भएको बताए । वाम गठबन्धनले घोषणा पत्रमा उल्लेख भएको हरेक विषयलाई आफुले पटक पटक संझाउनका लागि कांग्रेस प्रतिपक्षमा बसेको बताउदै भने–‘चुनावका घोषणा पत्र हामीसंग पनि छन्, धेरैथरी बाचा गर्नुभएको छ । ती घोषणपत्र अनुसार चुनाव लडेकाले त्यसलाई पूरा गर्ने दिनगन्ती सुरु भएको छ । प्रधानमन्त्रीले तैंले हाम्रो घोषणापत्र कन्ठस्थ पारेर आइछस् भन्नुहोला’, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बसेको संसद बैठकमा बोल्दै नेता भने–‘अब किन्तु, परन्तु चल्दैन । नो इभ, नो वट, अब परिणाम चाहिन्छ । त्यो पनि उधारो होइन, खनखन नगदमा चाहिन्छ ।’
थापाले अगाडि भने–‘जननायक वीपी कोइरालाले नेपाली कांग्रेसको २००५ सालका कांग्रेसको ध्ययेको बारेमा एउटा कुरा लेख्नुभएको थियो, कांग्रेसको त्यो ध्यये भनेको के हो भने हामी जनताबाट निर्वाचित प्रतिनीधिहरु छान्न चाहान्छौ र तीनै जनप्रतिनीधिहरुबाट एउटा सरकार बनाउनै छौ । हामीले त्यस्तो संसद बनाऔं दुई पटक महाराजले खाइबक्स्यो । राजाका कारणले मुलुक अगाडि बढ्न सकेन भनियो, राजा फालियो, संविधानले दिएन भन्यो, हामीले संविधान फालियो, केन्द्रीकृत शासन मुलुक अगाडि बढ्न सकिएन भनियो, संघीयतामा गइयो । प्रधानमन्त्री ज्यू अब फेरि अब किन्तु, परन्तु चल्दैन । नो इभ, नो वट, अब परिणाम चाहिन्छ । त्यो पनि उधारो होइन, खनखन नगदमा चाहिन्छ । त्यही नगद खोज्न कांग्रेस प्रतिपक्षमा बसेको हो ।’