काँग्रेस सभापति देउवासँग अमेरिकी राजदुत बेरीको भेटवार्ता

  • 6
    Shares
काँग्रेस सभापति देउवासँग अमेरिकी राजदुत बेरीको भेटवार्ता

काठमाडौं।नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले भेटवार्ता गर्नुभएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा अमेरिकामा नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल भएको अमेरिकी दुतावासले जनाएको छ।

भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुन: दोहोर्याएका थिए ।

राजदुत बेरीले सोमबारनै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए । उनले यसअघि गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।