प्रदेश १ का मुख्यमन्त्री शेरधनले २३ वर्षीया मोडलसँग यसरी गरे विवाह (हेर्नुहोस् फोटो)

प्रदेश १ का मुख्यमन्त्री शेरधनले २३ वर्षीया मोडलसँग यसरी गरे विवाह (हेर्नुहोस् फोटो)

विराटनगार, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ४९ वर्षको उमेरमा २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका छन् । लामो समयमा प्रेम सम्वन्धमा रहेका उनीहरुले आइतबार वैवाहिक सम्बन्धमा गाँसिएका हुन् ।

कोरोनाका कारण देखाउँदै मुख्यमन्त्रीको विवाहमा थोरै मात्र पाहुना सहभागी भए । दुवै पक्षका गरी करिब ५० जनाको मात्रै सहभागिता रहेको बताइएको छ । वैवाहिक कार्यक्रममा सञ्चारमाध्यमलाई प्रवेश दिइएको थिएन ।

मुख्यमन्त्री राई संखुवासभाको मकालु गाउँपालिका स्थायी बसोबास भएर हाल काठमाडौंमा रहँदै आएकी ज्याङ्मु इन शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् । विवाहमा उनले राई र शेर्पा समुदायको पहिचान झल्किने परम्परागत पोषाकहरु लगाएका थिए ।

विवाहमा आफन्त र सरकारका उच्च पदस्थ व्यक्तिहरु मात्रै सहभागी रहेका छन् । मुख्यमन्त्री राईले आइतबार काठमाडौंमा विवाह सम्पन्न गरेर माघ १६ गते विराटनगरमा पार्टी दिने तयारी गरेका छन् । पार्टीमा एक हजार बढिलाई निमन्त्रणा पठाइएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।