कोरोना अपडेट : थप २७० जनामा कोरोना पुष्टि, ४०३ निको

कोरोना अपडेट : थप २७० जनामा कोरोना पुष्टि, ४०३ निको

काठमाडौं, ११ माघ ।नेपालमा आइतबार थप २७० जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् भने हालसम्म नेपालमा २ हजार १ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप ४०३ जना कोरोना संक्रमित निको हुँदा हालसम्म २ लाख ६४ हजार १३७ ले कोरोनालाई जितेका छन् ।

नेपालमा हाल ३३ सय १२ जना आइशोलेशनमा छन् भने १४५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ४३ हजार २५५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।