नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, ९ माघ ।नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको मिति २०७७ माघ ९ गते बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौंमा आर्थिक वर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभा सम्पन्न भयो ।

उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भई सम्पन्न भयो ।यसै साधारण सभाबाट संस्थापक समुह “क” बाट तीन (३) जना र सर्वसाधारण समुह “ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेकोछ । साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट श्री उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा श्री मोहन बहादुर बस्नेत र श्री ईमान सिंह लामा निर्वाचित हुनु भएको छ भने समुह “ख” बाट श्री चन्द्रप्रसाद बास्तोला, श्री सुमन कुमारी जोशी र श्री निशेष प्रधान निर्वाचित हुनु भएकोछ ।

साथै, सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ ।हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आÇना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६÷७७ मा रु. ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेकोछ ।