प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दै बिहीबारका लागि तय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले रिट निवेदक तर्फका कानुन व्यवसायीहरूको बहस जारी रहेकाले अर्को सुनवुवाई हेर्दाहेर्दैमा बिहीबारका लागि तोकेको हो ।सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि जारी विषय केन्द्रित बहसमा आज चौथो दिन रिट निवेदक तर्फबाटै छ जना कानुन व्यवसायीले बहस गर्नुभएको थियो ।

रिट निवेदनमाथिको बहस लम्बिने देखिएपछि संवैधानिक इजलासले कानुन व्यवसायीहरूका लागि आजदेखि समय निर्धारण समेत गरिदिएको छ ।