नेपाललाई भारतले उपलब्ध गराउने कोरोना विरुद्धको खोप बिहीबार नेपाल ल्याइने

नेपाललाई भारतले उपलब्ध गराउने कोरोना विरुद्धको खोप बिहीबार नेपाल ल्याइने

काठमाडौं, ७ माघ ।नेपाललाई भारत सरकारले उपलब्ध गराउने कोरोना विरुद्धको खोप बिहीबार नेपाल ल्याइने भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा उपलब्ध गराउने १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप बिहीबार नै नेपाल ल्याइने जानकारी दिनुभयो ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्ट लाइनमा खिटएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिइने उहाले बताउनुभयो । त्यस्तै खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको उहाले बताउनुभयो ।

मन्त्री त्रिपाठीले नेपाल र भारतबीच मित्रताको अनुपम उदाहरण भएको भन्दै आगामी दिनमा खोप खरिदमा पनि सहयोग गर्ने अपेक्षा राखेको धारणा राख्नुभयो । त्यस्तै उहाले खोप खरिद प्रक्रिया पारदर्शी हुने दावी गर्नुभयो ।

मन्त्री त्रिपाठीले कोरोना नियन्त्रण र रोकथानका लागि सरकार निरन्तर रुपमा लागिपरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाको खोप प्रदानका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाले कोरोना खोप उत्पादनलाइ भारतले बृद्धि गर्दै लैजाने बताउनुभयो ।

’भ्याक्सिन मैत्री’ अभियान अन्तर्गत भारतले नेपाल सहित दक्षिण एसियाली राष्ट्रलाई भ्याक्सिन उपलब्ध गराउन सुरु गरेको हो ।