फेरि बढ्याे पेट्राेलकाे भाउ

  • 18
    Shares
फेरि बढ्याे पेट्राेलकाे भाउ

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको हो । सोमबार राति १२ बजेबाट लागू हुने गरी उक्त मूल्य लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए । उपाध्यायका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।