जगद्गुरुत्तम दिवश मनाईयो

जगद्गुरुत्तम दिवश मनाईयो

-मुकुन्द अर्याल

काठमाडौं, २ माघ । विश्वका पन्चम जगदगुरु श्री कृपालुजी महाराजले जगद्गुरुत्तम उपाधी हासिल गरेको सन १९५७ जनवरी १४ को सम्झनामा माघ १ गते श्री राधा माधव समिति नेपाल सम्वध्द (राधे राधे ) साधकहरुद्वारा जगद्गुरुत्तम दिवस मनाईयो ।

सन १९२२ मा भारतको उत्तर प्रदेशको मनगढमा जन्म लिनुभएका श्री कृपालु महाप्रभुले १४ वर्षसम्म चित्रकुटको घना जंगलमा श्री राधाकृष्ण भक्ति साधना गर्दै परमहंसावस्थामा विताउनुभएको थियो । २२ वर्षको उमेरदेखि उहांले भारतकै प्रतापगढबाट भगवन्नाम संकीर्तनको प्रचार आरम्भ गर्नुभएको थियो । एक दिनको घटना हो श्री महाराजजी भगवन्नाम संकीर्तन सकेर दिवा भोजन पश्चात एक्लै आराम गरेको बेला श्री महाराजजीको कोठामा गुनगुन आवाज सुनियो । सोबारेमा उहांका निकटस्थ साधकहरुले जिज्ञाशा राख्दा महाराजजीसंग वेदको सगुन साकार रुपले सबै धर्मको मुलको रुपमा रहेको बेदको ठीक ठीक प्रचार गर्न आदेश दिएको वताउनुभयो । यसै क्रममा सन १९५५ मा श्री महाराजजीले चित्रकुटमा विराट सन्त सम्मेलन आयोजना मार्फत वेद र पूर्ववर्ति आचार्यका परस्पर विरोधी सिध्दान्त समन्वय गरि मानवजातिलाई कल्याणको मार्ग निर्देशित गर्नुपर्ने आवयकतामा जोड दिनुभएको थियो ।

सोही क्रममा १४ जनवरी १९५७ मा काशी विद्वत परिषदद्वारा लगभग ५०० शीर्षष्थ शास्त्रज्ञ र वेदज्ञ विद्वानको सभा आयोजना गरि श्री महाराजजीलाई आमन्त्रण गरियो । सो सम्म्ेलनमा श्री महाराजजीले दिएको प्रवचनबाट सबै सहभागी मन्त्रमुग्ध भए । सो सभाले श्री महाराजजीलाई वेद शास्त्रको पुराणको मर्मज्ञमात्र होईन श्री राधाकृष्ण प्रेमको साकार स्वरुप रहेको सर्वसम्मत स्वीकारोक्तिसहित श्री कृपालु महाप्रभुलाई विश्वकै पन्चम जगद्गुरु तथा जगद्गुरुत्तम उपाधी प्रदान गरिएको थियो । यसअघि आदीगुरु श्रीशंकराचार्य , रामानुजाचार्य ,निम्वार्काचार्य र श्री माध्वाचार्य लगायतका ४ महापुरुषहरुलाई जगद्गुरुको उपाधी प्रदान गरिएको थियो ।