संसद पुनःस्थापनाविना चुनाव भएमा रक्तपात हुने : सुजाता कोइराला

संसद पुनःस्थापनाविना चुनाव भएमा रक्तपात हुने : सुजाता कोइराला

काठमाडौँ,२९ पुस।नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताउनुभयो ।असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा आफ्नै पार्टीका सभापति देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उहाले बताउनुभयो ।

संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुन भन्दै उहाले संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको धारणा राख्नुभयो । संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने उहाको भनाई छ ।

ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने उहाले बताउनुभयो ।