संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ : बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ : बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

काठमाडौँ,२९ पुस।प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा बहस सुरु भएको छ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर १३ रिटमा सुनुवाइ जारी छ ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिट बृहत् पूर्ण इजलासमा लैजान महान्यायाधिवक्ताले असहमति जनाएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सरकारी पक्षले असहमति जनाएको हो।

प्रतिनिधिसभा विघटनको विषयभन्दा कुन बेन्चले सुनुवाइ गर्ने नै बहसको विषय बनेको छ । निवेदकहरूले बृहत् पूर्ण इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा सुनुवाइको माग गरेका छन् ।निवेदकका तर्फबाट रमनकुमार श्रेष्ठले बहस गर्दै सो मुद्दा संवैधानिक इजलासको सट्टा बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गरे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित इजलासमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा आज सपना प्रधान मल्ललाई राखिएको छ ।