अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी

एजेन्सी । अमेरिकी संसदमा हिंसा भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरिएको छ ।

संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा भोलि महाभियोग विरुद्धको पूतावमा मतदान हुनसक्ने बीबीसीले लेखेको छ । तल्लो सदनका डेमोक्रेटहरूले राष्ट्रपतिविरुद्ध ‘हिंसालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ ।

संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्रेटहरूको तयारी हो ।