राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)

राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)

काठमाण्डौ। अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ रिलीज भएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो गीतको भिडियो एजिएल कै अफिसियल यूट्युब च्यानल मार्फत रिलीज भएको हो ।

राजनराज सिवाकोटीको संगीत रहेको यस गीतमा राजन राज र मेलिना राईको स्वर रहेको छ । रमाईलो शैलीको यो गीतमा पल शाह कृष्णको भूमिकामा छन् भने रेश्मा सीता र राधाको भूमिकामा छन् । भिडियोमा अभिनेता निर्मल शर्माले पनि अभिनय गरेका छन् । भिडियोमा एक नाटकमा रहने कलाकारहरुको रिहर्सलको समयको कथा देखाईएको छ ।

भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् । सम्पादन तथा कलर ग्रेडिंग नबिन निरौलाले गरेका हुन् ।