विभिन्न पर्वका बीच मनाईयो ईश्वी सम्वतको नयाँ वर्ष

  • 5
    Shares
विभिन्न पर्वका बीच मनाईयो ईश्वी सम्वतको नयाँ वर्ष

कतै योमरी पूर्णे कतै टोपी दिवश, राधे राधेमा भक्ति दिवश

-मुकुन्द अर्याल-

काठमाडौं, १८ पुस । मंसीर शुक्ल पूर्णिमाका दिन परेको ईश्वी संवत २०२१ को पहिलो दिन विभिन्न महत्वपूर्ण आयोजनाका बीच मनाईयो । यस युगका पन्चम जगद्गुरु श्री कृपालुजी महाराजका अनुगत साधक तथा चरण पूजकहरुले यस दिनलाई हरि गुरुप्रति श्रध्दा व्यक्त गर्दै भक्ति दिवशको रुपमा मनाईएको समाचार प्राप्त भएको छ ।

यसैगरि टोपीलाई राष्ट्रिय स्वाभिमान र एकताको रुपमा लिने नेपाली समाजले राष्ट्रिय टोपी दिवशको रुपमा र सांस्कृतिक जीवन्तता बोकेको नेपालकै नेवारी समुदायले पन्चतत्व र प्रतिरोधी क्षमताले युक्त योमरी प्रसाद ग्रहण तथा वितरणका बीच योमरी पूर्णे मनाए । एकादशी र पूर्णिमा भगवान श्रीकृष्णका प्रिय तिथि मानिन्छन् ।

स्मरण रहोस, पूर्णिमाकै दिन करिव ५०० वर्ष अघि भगवान श्री राधाकृष्णका संयुक्त अवतार श्री चैतन्य महाप्रभु र केही दशक अघि श्री राधाकृष्णका संयुक्त अवतारका रुपमा यस युगका पन्चम जगद्गुरु श्री कृपालु महाप्रभुले यस धरतीमा मानव रुपमा पदार्पण गर्नुभएको थियो भने भगवान श्रीकृष्णले श्री राधाजी , गोपगोपी लगायतका आफना परमप्रिय साधक तथा भक्तहरुलाई महारासको दिव्यानन्द पनि पूर्णिमाकै रात्रीमा वितरण गर्नु भएको थियो ।