उच्च हिमाली भू-भागमा हिमपात हुनसक्ने पूर्वानुमान

उच्च हिमाली भू-भागमा हिमपात हुनसक्ने पूर्वानुमान

काठमाडौं, १८ पुस । मौसम पूर्वानुमान महाशाखाले आज देशका उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।