प्रधानमन्त्री कप एकदिवसिय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने

  • 2
    Shares
प्रधानमन्त्री कप एकदिवसिय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रधानमन्त्री कप एकदिवसिय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने भएको छ । काठमाडौंको कीर्तिपुर र मुलपानी मैदानमा हुने प्रतियोगिता माघको तीन गतेबाट गर्ने योजनामा क्यान रहेको छ ।

यो प्रतियोगिताको मिती केहि दिनमा नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गर्नेछ । यसअघि पुषको ११ गतेबाट हने भनिएको प्रतियोगिता अन्तिम समयमा सारिएको थियो । महिला र पुरुषको प्रतियोगिता एकै साथ भएकाले क्यानले पुरुषको प्रतियोगिता तीन साताका लागि सारेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को प्रायोजन र नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगितामा तीन विभागिए सहित १० टिमका सहभागिता रहनेछ ।

यसअघिका दुई संस्करणमा प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउँदै आएकोमा यो पटक विजेता र उपविजेताले कति रकम पाउछन् भन्ने क्यानले खुलाएको छैन । प्रतियोगिताका लागि क्यानले प्रायोजन खोज्ने कामपनि तिब्ररुपमा अगाडी बढाएको छ ।