हरेक नागरिकमा रहेको विशेषता संकलनसहित जनगणना हुने

हरेक नागरिकमा रहेको विशेषता संकलनसहित जनगणना हुने

काठमाडौं । संघीयतापछिको पहिलो राष्ट्रिय जनगणना हरेक नागरिकमा रहेको विशेषता संकलनसहितको गणना हुने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले हिजो आयोजना गरेको ‘राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका भएका व्यक्तिको समावेशी गणना’ विषयक छलफल कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

नेपालको बाह्रौँ आवधिक जनगणनाले संघीय प्रणालीअन्तर्गत तीनै तहका सरकारलाई आवधिक योजना र कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण हुने बताइएको छ । विभागले २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय गणना गर्ने तयारी गरिरहेको छ । हरेक दश वर्षमा जनगणना गर्नुपर्ने व्यवस्था नेपालको संविधानमा गरिएको छ ।