चर्चित वाईबाको “बिर्सनेको मायाँ” रिलिजको तयारीमा

  • 90
    Shares
चर्चित वाईबाको “बिर्सनेको मायाँ” रिलिजको तयारीमा

काठमाडौं, १९ मंसिर ।नेपाली लोक सांगीतिक आकाशमा फरक र दर्शक श्रोताको मन जित्ने आशातित गीत “बिर्सनेको मायाँ” रिलिजको तयारीमा रहेको छ ।

चर्चित वाईबाको प्रस्तुतिमा चर्चित वाईबा शंकर बाबु घिमिरे र सिर्जना श्रेष्ठको आवाजमा “बिर्सनेको मायाँ”तयार भएको हो। चर्चित वाईबा र भुवन चौलागाईको शब्दमा तयार भएको यस गीतलाई पूर्ण संयोगले एरेन्ज गरेका छन् भने लय राम स्याङ्त्याङको रहेको छ ।

हाल निर्माण भईरहेको म्युजिक भिडियो भन्दा केहि फरक तरिकाले भिडियो निर्माण गरेको यस गीतमा चर्चित मोडलहरुलाई प्रस्तुत गरिएको छ । गीतमा चर्चित वाईबा , सबिता कार्की , प्रशान्त तामङ्ग र बिमु श्रेष्ठ लाई फिचर्ड गरिएको छ । सबिता कार्की कुसल मोडलको साथमा राम्रो कोरियोग्राफर पनि हुन् । उनि यस गीतलाई लिएर आशातित भएको पनि बताउछिन । ” मलाई लोक गीतमा आफ्नो नाच्ने कला देखाउन एकदम मन पर्छ र यो गीत पनि निकै राम्रो रहेकोले मैले धेरै मेहेनत गरेको छु , आशा छ दर्शक श्रोताले गीतलाई मन पराउनु हुनेछ ” उनले भन्नु भन्यो ।

अनिल जिसीले खिचेको यस भिडियोलाई देबी गुरुङ्ग कुँवरले संपादन तथा प्रदिप् रसाईलीले कोरियोग्राफ एबम निर्देशन गरेका हुन् । गीत अब केहि दिनमा नै युटुब च्यानल नागबेलीबाट सार्वजनिक हुने बताए निर्देशक प्रदिप रसाईलीले ।