देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु

  • 8
    Shares
देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु

काठमाडौं, १९ मंसिर ।प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा पदाधिकारीहरुका अलवा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेता पनि सहभागी छन् । सरकारको कार्यशैली सर्वसत्रावादी बन्दै गएको र त्यसको प्रतिकार कसरी गर्ने भन्नेबारे बैठकमा छलफल चलिरहेको छ ।

नेताहरुले सरकारको विरुद्धमा देशव्यापी आन्दोलन गर्नुपर्ने सुझाब दिएका छन् । वरिष्ठ नेता पौडेलमाथि तनहुँ जिल्ला प्रशासनले गरेको दुर्व्यवहारको छानबिन गर्न सरकारलाई दबाब दिने विषयमा छलफल भएको बताइएको छ ।