दाङमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

  • 2
    Shares
दाङमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

देउखुरी, १९ मंसिर । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको छ ।