नेकपाको सचिवालय बैठक शनिबार बस्ने

नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक २० गतेका लागि सरेको छ । हिजोको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने बालुवाटार स्रोतले जनाएको छ ।

हिजो सचिवालयका सदस्यहरु बैठकका लागि बालुवाटार पुगेपनि प्रधानमन्त्री ओली नआएपछि बैठक स्थगित भएको थियो । बुधबारको बैठकमा आफू उपस्थित नहुने प्रधानमन्त्री ओलीले मंगलबार नै बताउनुभएको थियो । दुई अध्यक्षबीचको आरोप प्रत्यारोपले नेकपाभित्रको विवाद झन बढ्दै गएको छ ।